Pages

Wednesday, May 30, 2007

डढेलोले दुईको मृत्यु


कान्तिपुर समाचारदाता
रसुवा, जेठ १६
उत्तरी क्षेत्रस्थित लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सुकलाम्चेडाँडा जंगलमा लागेको डढेलोबाट बुधबार दुई वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृद्धिम-४ का ६१ वषर्ीय मिङमार तामाङ र धुन्चे ५ का ५४ वर्षकी खुर्पु तामाङ रहेको डीएसपी मोहन आचार्यले बताए ।
घटनास्थल सदरमुकाम धुन्चेदेखि १५ किमि टाढा स्याफ़्रुबेसीबाट तीन घन्टा दूरीमा पर्छ ।
आचार्यका अनुसार जंगलको बाटो हिँडिरहेका दुवै जनाको बाटोमुनिबाट आएको आगोको लप्काका कारण मृत्यु भएको थियो ।
तीन दिनदेखि लागेको डढेलो नियन्त्रण गर्न सेना र प्रहरीले प्रयास गरे पनि सफल भएको छैन ।
जंगलनजिक कुनै बस्ती नभए पनि पर्यटकीय क्षेत्रमा लागेको डढेलो नियन्त्रण नहुँदा त्यता जाने पर्यटक प्रभावित छन् ।

No comments: