Pages

Sunday, May 6, 2007

सफलताको शिखरमा....

चन्द्रशेखर कार्कीको शब्दमा फोटो पत्रकार बाहिरी देशमा हो भने रिपोर्टरको तुलनामा धेरै अगाडी हुन्छन् तर हाम्रो देशमा भने उचित ठाउ दिन कन्जुस्याई गरिन्छ । स्याफ्रुबेसीमा भेटदा ति होनहार फोटो पत्रकारसँगको एकछिनको भेट मेरो लागी त बहुमुल्य थियो नै। आज नेपालमा प्रकाशित तस्बिर देख्दा सायद हजार शब्द भन्दा बढिबोल्न सक्छ जस्तो लाग्यो तस्बिरले। पछाडीको देखिएको सालासुङ्गी हिमाल र गणेश हिमालको मनोरम द्रिश्यमा साइकलको ब्रेक लगाएर एकक्षण त्यो द्रिश्य ले कुतकुत्याइरहन्छ , कन्चन हिमाल हासीरहेको ।

उनकै सब्दमा तस्बिरको बयान पनि पढौ न नेपालमा......

सुरेशकुमार दूलालले सफलताको शिखर चुमेरै छाडे । गत साता रसुवामा आयोजित पहिलो माउन्टेन बाइक दौडमा उनी प्रथम भए । पारि मुसुक्क हिमाल हा“सेको छ अनि वारि रोङ्गा भञ्ज्याङबाट उनी अगाडि बढ्दैछन् । यस्ता प्रतियोगिताहरू हरेक वर्षआयोजना हुनसकेमा नेपालको पर्यटन विकासले पनि शिखर चुम्ने थियो ।

No comments: