Pages

Wednesday, May 2, 2007

रसुवामा घोडा नाच

कृष्ण थापा
गोल्जुङ -रसुवा,
छिरिङ डिन्डुप तामाङ 'तबु स्यापा' नाचको निर्देशन गर्दै थिए- 'हाम्रा पर्ुखा लडाइ“का बेला खासामा भात खाएर नेपालमा हात धुन आउ“थे । यो तिनै पर्ुखाको नाच हो ।' तबु स्यापा -घोडा नाच) वर्षो दर्ुइपटक नाचिन्छ । बुद्धजयन्ती र तिब्बती पात्रोअनुसार फागुन पूणिर्मामा एक साता ।

नाचमा लडाइ“समेत हुन्छ र युद्धमा नेपाली पक्षले सेतो र तिब्बती पक्षले रातो पोसाक पहिरिन्छन् । निर्देशक छिरिङले तिब्बती राजाका तर्फाट लड्नेछन् । उनलाई चेलीबेटी र गाउ“ले गण्यमान्यले बिदाइ स्यालगार -रक्सीको सगुन) दि“दै खादा लगाइदिए ।

नाच तयारी हर्ेर्दै गरेका स्थानीय प्रेम तामाङले भने- 'लडाइ“मा नेपालीहरूले तिब्बतीलाई ल्हासासम्म पुर्‍यायो । तिब्वतीहरू हामीलाई 'रोङपा' भन्छन् । हामी उनीहरूलाई 'भेपा' भन्छौं ।' यो नाच ड्याङग्रो र भुरमा बाजाको तालमा नाचिन्छ । दुवै पक्षका बुद्धिजीवीको सहयोगमा बेत्रावती सन्धि गराएकोसम्म नाचमा देखाइन्छ ।
नाच सकिएपछि सोनाम गेल्बु घलेले तिब्बती र तामाङ भाषा मिश्रति गीत गाए-

के नेमा लासी घेकी
ज्याल्बो डिन्डी छेपिनाला कुजे
चिले फेबोङ तेनेयाला रोङगी
घ्याल्वो धिन्डी खावि नाङला
कुजे चिले फेवोङ ।
नाच आउ“दो २४ गतेसम्म चल्नेछ ।

1 comment:

D-Express said...

Of course, we have lots of things still to be discovered in rasuwa. There is the next Shangri-La just beyond the tremendous mountains. That's why I say "Langtang; stands with dignity and pride in its native apartness."